२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

मुलुकको आर्थिक विकास र समृद्धिको लागि एमालेको सरकार आवश्यकः ईश्वर पोखरेल

२५ कार्तिक, काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको लागि एमालेको सरकार आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा बागमती प्रदेशस्तरिय बृहत सहकारीकर्मी भेलालाई सम्बोधन गर्दै पोखरेलले विकास र समृद्धिलाई यस अघि पनि एमाले सरकारले अघि बढाएकाले अव पनि यसलाई निरन्तरता दिन एमालेकै सरकार आवश्यक पर्ने बताएका हुन् ।

उनले औधोगिक क्षेत्र, राजमार्ग, अस्पताल लगाएतका पूर्वाधारको निर्माणको थालनी एमालेलै गरेको दावी गरे । त्यस्तै पोखरेलले अहिलेको मुख्य कार्यभार राजनीति स्थायीत्व रहेकाले पनि राजनीतिक स्थायीत्व नभई देश अघि बढ्न नसक्ने तर्क गरे । राष्ट्रियहितको रक्षा, भ्रष्टचारको अन्त्य, सामाजिक सुरक्षा लगाएतका एजेण्डा एमालेको भएको उनको भनाई छ । उनले एमालेको सरकार बनेपछि समृद्ध नेपाल सुखी नेपालीको नाराले साकार रुप लिने धारणा राखे ।

प्रकाशित मिति : 16:05