दोलखा गठबन्धनमा चरम असन्तुष्टी, जिम्मेवार नेता कार्यकर्ता नै एमाले प्रवेश
२४ कार्तिक, चरिकोट । दोलखाका गठबन्धनमा रहेका दलका बीचमा चरम असन्तुष्टी देखा परेको छ । यसका कारण दलमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका नेता तथा कार्यकर्ताहरुको पार्टी छाड्नेको लर्को लागेको छ । यसका कारण नेकपा एमालेले फराकिलो मतअन्तरमा जित हासिल गर्ने पक्का भएको छ ।
जिरी नगरपालिकाको वडा नं. १ नेपाली कांग्रेसका नेता जिपछिरिङ लामाको जन्मथलो हो । उनको जन्मथलोमा कांग्रेस वलियो पार्टी हो । यो पार्टीमा लामो समय काम गरेका खुसबहादुर कार्की कांग्रेस छाडेर एमाले प्रवेश गरेका छन् । यसले यो वडामात्र नभई क्षेत्रमा नै गठबन्धनलाई गहिरो धक्का लागेको छ ।
साविकको माली गाविसको अध्यक्ष समेत भएका नेता शैलेन्द्र खड्का समाजवादी पार्टीमा लागेका थिए । समाजवादी पार्टीको राजनीति छाडेर उनी पनि एमाले पार्टी प्रवेश गरेका छन् । गौरीशंकर गाउँपालिकामा कांग्रेस पार्टीका वडा कमिटी सभापती नै एमालेमा प्रवेश गरेका छन् । शैलुङ गाउँपालिकामा समाजवादीबाट वडाध्यक्ष उम्मेदवार पनि एमालेमा फर्किएका छन् ।

शैलुङ गाउँपालिकामा आज पनि नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । वडा नम्बर ७ फस्कुमा नेपाली कांग्रेस र समाजवादी दर्जनौं पार्टीका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका अगुवा कार्यकर्ता राजकुमार तामाङ, समाजवादी पार्टीका अगुवा कार्यकर्ता यज्ञ बहादुर नेपाली लगायत एमालेमा प्रवेश गरेका हुन् ।
अहिले दोलखामा एमालेले सबै ४८ हजार घरमा पुग्ने र पार्टी प्रवेश गर्ने अभियान चलाइरहेको छ । अन्य पार्टी त्यागेर एमाले रोजेकाहरुलाई नेकपा एमालेका नेता तथा उम्मेदवारहरुले स्वागत गरिरहेका छन् । यसरी विपक्षी पार्टीका नेता तथा कार्यकर्ताको पार्टी प्रवेशले हामी फराकिलो मतले विजयी हुने अवस्थामा पुगेका छौं । एमाले दोलखाका नेता तथा प्रतिनिधी सभा उम्मेदवार वालकृष्ण शिवाकोटीले बताए ।
प्रकाशित मिति : 17:00









