६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

२४ कार्तिक, काठमाडाैं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेट गरेका छन् ।

उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : November 10, 2022 at 3:43 pm