२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

मौलिक जरोकिलो पार्टीका उम्मेदवार खड्का एमालेमा प्रवेश, शंकर पोखरेललाई समर्थन गर्ने

२४ कार्तिक, काठमाडाैं । मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका रामचन्द्र खड्का नेकपा एमालेमा प्रवेश गरेका छन्। मुलुककाे विकाश र समृद्धिकाे नेतृत्व एमालेले मात्रै गर्न सक्छ भन्दै खड्का एमाले प्रवेश गरेका हुन् ।

उनले आफु मौलिक जरोकिलो पार्टीको साधारण सदस्यसमेत नरहने गरी उक्त पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेको घोषणा गरेका छन्। उनले गत असोज २३ मा उम्मेदवारी दर्ता गरेका थिए।

खड्काले आफ्नो उम्मेदवारी निस्कृय बनाउँदै नेकपा एमालेका उम्मेदवार शंकर पोखरेललाई समर्थन गर्ने घोषणा गरेका छन्।

प्रकाशित मिति : November 10, 2022 at 1:15 pm