मोरङ–३ (१) मा शेखरचन्द्रको ठाउँमा मानबहादुरले पाए टिकट
२४ कार्तिक, विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसले बेलबारी ८ निवासी मानबहादुर लिम्बुलाई टिकट दिएको छ ।
मोरङ क्षेत्र नम्बर ३ (१) का उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले उनको ठाउँमा लिम्बुलाई टिकट दिएको हो । नेपाली काँग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बुले टिकट पाएको जानकारी दिए । पार्टीको निर्णयपछि टिकट पाएका लिम्बुले मनोनयन दर्ताको तयारी गरिरहेको उनले बताए ।
प्रकाशित मिति : 11:47









