आगामी निर्वाचनमा एमाले बिजयी नभए देश बर्बादीमा जान्छः अध्यक्ष ओली
२३ कार्तिक, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरुसँग देश र पार्टी चलाउने कुनै उदेश्य नै नरहेको बताएका छन् ।
बुधबार झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले जनताको अधिकार, देशको स्वाधिनता, बिकास लगाएतका एजेण्डा एमालेको रहेपनि अन्य दलहरुसँग कुनै एजेण्डा र उदेश्य नरहेको बताएका हुन् ।
ओलीले आगामी निर्वाचनमा एमाले बिजयी नभए देश बर्बादीमा जाने बताए । ओलीले देश बनाउने अभियानमा एमालेमा आउन कांग्रेस, माओवादी लगाएतका दलका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

त्यस्तै उनले नेकपा एकीकृत समाजवादी भन्ने पार्टी नै नरहेको र एमाले सिद्धाउने खेल भएकाले मंसिर ४ पछि खेल अन्त्य हुने तर्क गरे । उनले निर्वाचनमा उठेका स्वतन्त्र उम्मेदवारहरुले केहि गर्न नसक्ने जिकिर गरे ।
उनले निर्वाचनपछि बन्ने एमाले सरकारले जेष्ट नागरिक भत्ता समयानुकुल बढाउदै लैजाने बताए । त्यस्तै ओलीले डोटीमा गएको भूकम्प पीडितको राहत उद्दार तथा पुननिर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।
ओलीले आगामी निर्वाचनमा गठबन्धनले जस्तोसुकै दुष्कर्ष पनि गर्न सक्ने भन्दै हिम्मतिलो भएर मतको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिए ।
प्रकाशित मिति : 16:33









