२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

समाजवादी नुवाकोटका उपाध्यक्ष बलामी माफी माग्दै एमालेमै फर्किए, ककनीको गाउँ कमिटीनै समाहित

२३ कार्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादी नुवाकोटका उपाध्यक्ष जितबहादुर बलामी एमालेमै फर्किएका छन । ककनी गाउँपालिका वडा नम्बर १ बलामी गाउँमा बुधबार बिहान भएको कार्यक्रममा बलामी एमालेमै फर्किएका हुन ।

बलामी २०७४ मा एमालेबाट ककनीको अध्यक्षमा प्रत्यासी रहेका थिए भने गत स्थानीय निर्वाचनमा समाजवादीबाट उपाध्यक्षको प्रत्यासी भएका थिए । एमालेमा फर्किएको घोषणा गर्दै बलामीले आफूले समाजवादीमा लागेर गल्ती गरेको भन्दै कार्यकर्ताको सामू माफी मागे । सो अवसरमा समाजवादीको ककनी गाउँकमिटी एमालेमा समायोजन गरिएको घोषणा गरिएको छ ।

प्रकाशित मिति : 13:20