डोटी भूकम्पमा मृत्युहुनेप्रति एमाले अध्यक्ष ओलीद्धारा श्रद्धाञ्जली व्यक्त
२३ कार्तिक, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पका कारण डोटीमा ६ जनाको मृत्यु भएकामा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन । सामाजिक सञ्जालमार्फत ओलीले मृतकको परिवारजनामा समवेदना पनि प्रकट गरेका छन ।
उनले भनेका छन, ‘दुःखद् खबर – हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ । उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

प्रकाशित मिति : 07:08









