कालीकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ७ जना घाइते
२२ कार्तिक, सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ । मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको जीप कालीकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना हुँदा १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
मृत्यु हुनेहरुमा ठेगाना नखुलेका वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेका छन् । दुर्घटनामा परेर ७ जना घाइते भएका छन् ।
घाइतेहरूकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ । घाइते हुनेहरूमा हुम्लाका २२ वर्षीय केशरी शाही, २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धिरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही र मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने अन्य एक जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रकाशित मिति : 16:23









