निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किन्छ: टोपबहादुर रायमाझी
२२ कार्तिक, बुटवल । नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किने बताएका छन् ।
सन्धिखर्कमा आज पत्रकारहरूसँग कुराकानी गर्दै नेता रायमाझीले शक्ति सन्तुलनमा समस्या भएर गठबन्धन विभाजन हुने बताए ।‘एउटा पार्टीलाई मिलाउन त कति समस्या छ” उनले भने, ‘गठबन्धन पछि फुट्छ । गठबन्धन भित्रका दलहरू पनि विभाजन हुन्छ । देश ध्रुवीकरणमा जान्छ ।’
गठबन्धन मात्र नभई गठबन्धन भित्रका दलहरूमा पनि आन्तरिक विभाजन आउने उहाँले दाबी गरे । उनले गठबन्धन अहिले एजेन्डाविहीन भएको भन्दै गठबन्धनका कुनै एजेन्डा नरहेको दाबी गरे ।
‘काँग्रेस र कम्युनिष्ट छुट्याउन गाह्रो छ । अहिलेको गठबन्धन लेदो र खुदो मिसाए जस्तो छ । काँग्रेस ‘ककटेल’ जस्तो भएको छ’, उनले भने।सत्तामा बसेका दलले प्रतिपक्षलाई हराउन गठबन्धन विश्वमा कहीँ नहुने बताउँदै चुनावमा एमालेले बहुमत ल्याएर सरकार बनाउने उनको भनाइ छ ।
आफूले जिल्लामा समृद्ध अर्घाखाँचीको विकास गर्न ठुलो काम गरेको बताउँदै आफूले जिल्लामा १२ अर्बको विकास आयोजनाको काम गरेको बताए।
प्रकाशित मिति : 15:45









