भीमफेदी कारागारका ९८ कैदीबन्दीले मतदान गर्न पाउने
२२ कार्तिक, बागमती । मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर भीमफेदी कारागारका ९८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।
कारागार प्रशासनका अनुसार कैदीहरुलाई कारागारबाट प्रतिनिधिसभा अन्तर्गत समानुपातिक मतदान गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
कारागार प्रमुख तीर्थ पौडेलका अनुसार कारागारमा रहेका नौ सय ८९ कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम भएका ९८ जनाले मतदान गर्न पाउने भएका हुन् ।
प्रकाशित मिति : November 8, 2022 at 2:29 pm









