२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

एमालेलाई सहयाेग गरेकाे भन्दै हरिशरण आचार्यलाई मन्त्रीबाट हटाइँदै

२२ कार्तिक, काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्ती गर्ने तयारी गरेका छन् ।

आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले आचार्यलाई हटाउन लागेका हुन् । गोरखा २ (२) मा नेकपा एमालेका उम्मेदवार राजु रानालाई सहयोग गरेको सूचना पाएपछि उनलाई हटाउने तयारी गरिएको मुख्यमन्त्री स्राेतले जनाएकाे छ ।

मन्त्री आचार्यले भने आफूलाई बर्खास्त गर्न लागेको कुरा थाहा नपाएको बताए । उनले आफूले कसैको पक्षमा भोट माग्ने  काम नगरेकाले यो गलत आरोप भएको जनाए । आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : 14:20