गठबन्धन दलहरुले मानेनन् आचारसंहिता, निर्वाचन आयोग मौन
२२ कार्तिक, काठमाडाैं । दोलखामा गठबन्धनमा आवद्ध दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको गम्भिर रुपमा उल्लंघन गरेका छन् ।
आचारसंहिता विपरित उनिहरुले सार्वजनिक स्थलहरुमा व्यानर राख्ने, पार्टीको लोगो भएको प्रचार सामाग्रीहरु वितरण गर्ने लगायतका कार्यक्रमहरु गरेको पाइएको छ ।
नेकपा एमालेका कार्यवाहक उपाध्यक्ष राजेन्द्र मानन्धरले यस्तो गैरकानुनी कामका बारेमा आफूहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताए ।

निर्वाचन आचारसंहिताका विरुद्धमा हुने सबै किसिमका क्रियाकलापको एमाले घोर विरोध गर्दछ मानन्धरले भने । गठबन्धनले यसअघि पनि जनप्रतिनीधी तथा कर्मचारीहरुलाई आफ्नै पालिकामा जिम्मेवारी दिएर आचारसंहिता उल्लंघन गरेको थियो ।
यसमा आयोगले पत्राचार गरी आइन्दा यस्ता कार्यहरु नदोहोर्याउन चेतावनी दिएको थियो । गठबन्धनले निरन्तर रुपमा आचारसंहिता उल्लंघन गर्दै आएको पाइएको छ ।
प्रकाशित मिति : 12:58









