पुष्पा न्यौपानेकाे उम्मेदवारी निस्क्रिय, नुवाकोट–१ का एमालेका उम्मेदवारलाई सर्मथन गर्ने
२१ कार्तिक, काठमाडाैं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएकी छिन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीको निर्देशनमा आफुले एमालेका उम्मेदवारलाई सर्मथन गरेको जानकारी दिइन । पार्टीका अध्यक्ष स्वयं सुर्य चिन्हबाट चुनाव लडेको हुँदा, आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको निर्देशनअनुसार नुवाकोट–१ का सुर्य चिन्ह लिएर उम्मेदवारी दिएका एमालेका उम्मेदवारहरुलाई समर्थन गरेको उनले बताइन । उनले यस बिषयमा आफुले भन्दा पनि पार्टी अध्यक्षले नै आगामी दिनमा थप स्पष्ट पार्ने जिकिर गरे ।
प्रकाशित मिति : November 7, 2022 at 2:43 pm









