४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

साेमबार घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

२१ कार्तिक, काठमाडाैं । साताको दोस्रो काराेबारकाे दिन सोमबार सुनको मूल्य सामान्य अंकले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।

साेमबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

अघिल्लाे काराेबारकाे दिन आइतबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेको थियो। साे दिन छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १२६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५० रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : 10:57