११ कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026

नेपाल बैंक दुहबी शाखाको नवनिर्मित भवन उद्घाटन

२१ कार्तिक, काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको उद्घाटन गरी आफ्नो सेवा सुरू गरेको छ।

नेपाल बैंक दुहबी शाखाका शाखा प्रबन्धक रामभुषण सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा दुहबी नगरपालिका प्रमुख वेदनारायण गच्छदार, विशिष्ट अतिथि मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा। दिननाथ फुयाल तथा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं। १ का प्रमुख मुख्य प्रबन्धक सूर्यप्रकाश भट्ट थिए।

उक्त कार्यक्रममा अतिथिका रूपमा नेपाल बैंक लिमिटेड सि.अ. विराटनगर, इटहरी, बजारअड्डा, विराटचोक, धरान, झुम्का, मिल्स एरिया, टंकिसिनवारी शाखाका शाखा प्रबन्धकहरूको समेत उपस्थिति थियो।

नेपाल बैंक लिमिटेडका ग्राहकहरू, दुहबी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, उद्योगी व्यवसायी तथा दुहबी शाखाका कर्मचारीहरूको पनि उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिका प्रमुख वेदनारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको जल्दा बल्दा विषयको बारेमा चर्चा गर्दै नेपाल बैंक नेपालको पहिलो बैंक रहेको तथा दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको साथै नयाँ भवन मार्फत अझ उत्कृष्ट सेवा प्रदान गर्न शुभकामना व्यक्त गरे।

नेपाल बैंक १ नं प्रदेश कार्यालयका प्रमुख सूर्यप्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा सुविधा नेपाली बैंकहरूमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै छिटो, छरितो तथा अब्बल सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे।

नेपाल बैंक लिमिटेड विराटचोक शाखाका शाखा प्रबन्धक श्री रमेश कार्कीले सञ्चालन गरेको कार्यक्रममा सभापति रामभुषण सिंहले उपस्थित सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, ग्राहकहरू, कर्मचारी लगायतलाई धन्यवाद दिई कार्यक्रम समापन गरेका थिए।

प्रकाशित मिति : November 7, 2022 at 10:13 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/