२५ प्रतिशत लाभांश पारितसहित सनराइज क्यापिटलको साधारण सभा सम्पन्न
२० कार्तिक, काठमाडाैं । सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सञ्चालित सनराइज क्यापिटल लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा कार्तिक १८ गते शुक्रबारकाठमाडाैंमा सम्पन्न गरेको छ।
वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आर्थिक वर्ष २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरिएकाे छ ।

साथै, आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएकाे छ ।
प्रकाशित मिति : November 6, 2022 at 1:41 pm









