देवीघाटलाई राजघाटका रूपमा विकास गर्न काम समेत सुरू गरिसकेका छाैँः अध्यक्ष पाण्डे
१९ कार्तिक, नुवाकोट । नेकपा एमालेको बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष एवं नुवाकोट क्षेत्र नम्बर २ प्रदेशसभा (क)का उम्मेदवार केशवराज पाण्डेले देविघाटधामलाई एतिहासिक घाटको रूपमा विकास गर्ने काम आफ्नो पहल कदमीमा सुरू भैसकेको जानकारी दिएका छन ।
शुक्रबार देविघाटमा भएको चुनावी कोणसभामा सम्बोधन गर्दै अध्यक्ष पाण्डेले भारतको राजघाट जस्तै मोडलमा देविघाटको संरक्षण र विकास गर्नका लागि गठन आदेशसमेट तयार गरेर काम अघि बढिसकेको जानकारी दिए । उनले नेकपा एकीकरणका सुत्रधार पृथ्वीनारायण शाहको नाममा देवीघाटको विकास गर्ने गरी सबै प्रक्रिया पूरा गरेर काम अघि बढेको जानकारी दिए ।
पाण्डेले नेपाल एकीकरण आरम्भ क्षेत्र विकास समिति गठन गरेर त्यसले देवीघाटलाई केन्द्रविन्दुमा राखेर विकास गर्ने जानकारी दिए । भारतमा राज्यका सबै जसो पाहुना राजघाटमा पुग्ने गरेको स्मरण गर्दै पाण्डेले नेपाल सरकारका निमन्त्रणमा आउने सबै पाहुना पृथ्वीनारायण शाहको समाधिस्थलको अवलोकनका लागि देवीघाटमा ल्याउनेगरी काम अघि बढेको त्यसका लागि काम गर्न गठन आदेश नै तयार गरेर विशेष समिति गठनको प्रक्रिया अघि बढेको बताए ।

उनले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुक्त ढकालको कार्यकालमा २०७७ साल पुसमै उक्त गठन आदेशका सम्बन्धमा आवश्यक निर्णय भएको जानकारी दिए । यद्यपी त्यसको केही समयमै तत्कालीन एमाले नेतृत्वको सरकार ढलेका कारण त्यसको थप काम अघि बढ्न नसेकको बताउँदै अब चुनावपछि भन्ने एमाले नेतृत्वको सरकारले त्यस कामलाई अग्राधिकार दिएर अघि बढाउने बताए ।
पाण्डेले देविघाटलाई राजघाटको मोडलमा अघि बढाउन सके नुवाकोटमा वार्षिक ५० हजार भन्दा बढी पर्यटक त्यहीकारणले भित्र्याउन सकिने बताए । उनले टोखा-छहरे सुरूङ मार्गको निर्माणसँग नुवाकोटको काठमाडाैँसँगको दूरी धेरै नै छोटिने र १ देखि डेढ घण्टाको बीचमा महत्वपूर्ण गन्तव्यहरूमा पुग्न सकिने बताए । सुरूङ निर्माण भएसँगै देविघाट पनि काठमाडाैँबाट खासै टाढा नहुने उनले बताए ।
थोरै बोल्ने र धेरै काम गर्ने नुवाकोटका नेताहरूको सूचीमा पर्ने पाण्डेले बागमती सरकारको आन्तिरक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्री हुँदासमेत महत्वपूर्ण कामहरू सुरू गरेका छन । पाण्डे एमालेका तर्फबाट बागमती प्रदेशको मुख्यमन्त्रीको दाबेदार मध्येका हुन ।



प्रकाशित मिति : 21:48









