२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

डडेलधुरामा देउवाविरूद्ध उम्मेदवारी दिएका कर्ण मल्ललाई एमालेको समर्थनः अध्यक्ष ओली

१९ कार्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विरूद्धमा उम्मेदवार बनेका नेपाली कांग्रेस विपीका नेता कर्ण मल्ललाई प्रतिनिधिसभामा एमालेको समर्थन रहेको बताएका छन ।

शुक्रबार कञ्चनपुरमा भएको एमालेको चुनावीसभामा डडेलधुराका नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले त्यहाँ दायाँबायाँ नगरी मल्ललाई मत दिनुपर्ने बताए । उनले मल्लको समूहले प्रदेशसभामा एमालेको उम्मेदवारलाई मत दिने सहमति भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : 06:43