२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

सुदुरपश्चिमको चुनावीसभामा ओलीले मञ्चबाटै उछितो काटेपछि काठमाडाैँबाट भीम रावलले गरे पाँच प्रश्न

१९ कार्तिक, काठमाडाैँ । नेकपा एमालेले कञ्चनपुरमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कांग्रेसका कर्ण मल्लाका लागि भोट मागिरहेको समयमा एक जना एमाले कार्यकर्ताले भीम रावल भनेर निकालेको आवाजमा ओलीले आक्रोशपूर्ण जवाफ दिएका छन ।

ती कार्यकर्ताले भीम रावल जस्तालाई बाहिर राखेर डडेलधुराको स्थानीय पार्टी कमिटीको निर्णय विपरित कर्ण मल्ललाई किन समर्थन भन्ने प्रश्न उठाउन खोजेका थिए तर ओलीले आक्रोशित मुद्दामा जवाफ फर्काइहाले । उनले भने, ‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्यो ? २०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता ? अरुलाई पालो दिनुपर्दैन ? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या ? के भीम रावल ? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’

कञ्चनपुरमा ओलीले मञ्चबाटै रावललाई बुढा भएको भनेपछि उनले काठमाडौँबाट ओलीलाई पाँच प्रश्न गरेका छन । रावलले ओलीलाई गरेको प्रश्न तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : November 5, 2022 at 6:33 am