नेतृत्व चयन गर्दा विचार नपुर्याए त्यसले लामो समयसम्म असर गर्छः उम्मेदवार शिवाकोटी
१८ कार्तिक, काठमाडाैं । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले शैलुङ क्षेत्रको विकास गर्न एमालेलाई विजयी गराउनुपर्ने बताए ।
नेकपा एमालेले आजबाट सुरु गरेको चुनावी अभियानका क्रममा शैलुङ गाउँपालिकाको वडा नं ३ मा भएको चुनावी सभामा बोल्दै उम्मेदवार शिवाकोटीले नेतृत्व चयन गर्दा विचार पुर्याउन नसके त्यसले लामो समयसम्म असर गर्ने बताए ।
शिवाकोटीले स्थानीय तहमा यसअघिको एमाले नेतृत्वले गरेका विकास निर्माणका कामहरुले नै एमाले कस्तो पार्टी हो भनेर जनतालाई जानकारी भएको बताए ।

शैलुङ गाउँपालिकामा विकासका पुुर्वधारहरु प्रशस्त बनिरहेकाको र सोहि विकासका पुर्वधारलाई पुर्ण रुप दिन आगमी नेतृत्वमा एमालेको प्रतिनिधित्व हुन आवश्यक रहेको उनको भनाई थियो ।
शैलुङ गाउँपालिका निर्वाचन परिचालन कमिटिले आयोजना गरेको कार्यक्रममा पुर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ जिल्ला इञ्चार्ज सरस्वती बस्नेत प्रदेश ख का उम्मेदवार भरत केसी लगायतले मन्तव्य राख्दै एमालेलाई जिताउन सूर्य चिन्हमा मतदान गर्न जनताहरुसँग आग्रह गरेका थिए ।
प्रकाशित मिति : November 4, 2022 at 4:18 pm









