२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसलाः अध्यक्ष प्रचण्ड

१८ कार्तिक, गाेरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताएका छन् ।

गोरखा नगरपालिका–१४ स्थित याङ्कोटमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले निर्वाचनमार्फत् पश्चगामी शक्तिलाई पराजित गर्नुपर्ने बताए ।

“मुलुकलाई पछाडि फर्काउन चाहने शक्ति गठबन्धन गरेर निर्वाचनमा आएका छन्”, उनले भने, “त्यस्ता गठबन्धनलाई जनताले चिन्नुपर्छ ।”

आगामी निर्वाचनमा अग्रगमनको पक्षमा फैसला गर्न उनले अपिल गरे । “अहिलेको निर्वाचन अन्य निर्वाचन जस्तो सामान्य छैन”, उनले भने, “गणतन्त्र र संविधान स्वीकार गर्ने तथा गणतन्त्र र संविधान विरोधीको लडाइँ छिनोफानो गर्ने निर्वाचन हो ।”

संविधान निर्माणपछि देश स्थायित्वमा जान्छ भन्ने ठानेर केही गणतन्त्र विरोधीलेले संविधानविरुद्ध गतिविधि गरेपछि वाम–लोकतान्त्रिक गठबन्धन बनेको अध्यक्ष दाहालको भनाइ थियो ।

प्रकाशित मिति : November 4, 2022 at 1:52 pm