८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

१८ कार्तिक, काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाे छ ।  आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ ।

आइओसीले पठाएकाे नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजल प्रतिलिटिर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धन प्रतिलिटर ४ रुपैयाँ ७७ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएकाे छ ।

निगमलाई अझै डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने निगम केही नाफामा छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १३:४४