१० जेष्ठ २०८१, बिहीबार | Fri May 24 2024

२४ म्युचुअल फण्डसहित ४७ कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?


१७ कार्तिक, काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ४७ वटा कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा ७ वटा वाणिज्य बैंक, ६ वटा बीमा कम्पनी, ३ वटा जलविद्युत् कम्पनी र २४ वटा म्युचुअल फण्ड रहेका छन् । अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनीमा यो वर्ष अधिकांशले बोनसमा भन्दा नगद लाभांशमा जोड दिएका छन् ।

१) ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले लाभांस घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांस घोषणा गरेको हो ।

बैंकले आफ्ना सेयरधनीहरूका लागि १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांस (बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) गरि नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभांस सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

२) सानिमा बैंक लिमिटेड

सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक ४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

३) बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । बैंकको असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

४) कुमारी बैंक

कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैंकले कात्तिक २१ गते साधारण सभा बोलाएको छ ।

५) एनसीसी बैंक

एनसीसी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो ।

६) सिटिजन्स बैंक

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । बैंकको गत शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

७) नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको संचालक समितिको कार्तिक ४ गते बसेकाे बैठकले बैंकको चौथो वार्षिक साधारणसभा बाेलाएकाे हाे । उक्त सभा मंसिर १० गते अनुपम फुडल्यान्ड काठमाडाैंमा बिहान ९ बजेदेखि सुरू हुने छ ।

सभाले गत आर्थिक वर्षको प्रस्तावित चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) पारित गर्नेछ।

८) स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।

आज बसेको बैंककाे संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले बाेनस सेयर भने प्रस्ताव गरेकाे छैन ।

९) सोल्टी होटेल

सोल्टी होटेलले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । होटेलले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २१.३१७८९४७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

१०) रुरु जलविद्युत परियोजना

रुरु जलविद्युत परियोजनाले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

११) अरुण काबेली

अरूण काबेली पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

१३) सानिमा माई हाइड्रोपावर

सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५.२६३२ नगद लाभांश वितरण गर्ने भएको छ ।

१४) नेपाल ल्यूब आयाल

नेपाल ल्यूब आयालले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कुल ३० प्रतिशत लाभांश दिने भएको छ ।

१५) बोटलर्स नेपाल बालाजु

बोटलर्स नेपाल बालाजुले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत र बोटलर्स नेपाल तराईले भने ६० प्रतिशत नगद लाभांश मात्रै दिने भएका छन् । कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर भने नदिने भएका हुन् ।

१६) नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.७८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले लगानीकर्तालाई बोनस नदिए भएकाे छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयधनीलाई १५ प्रतिशत नगद र कर प्रयाेजनका लागि०.७८ प्रतिशत नगद लाभांश दिने भएको हाे । प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।

१७) गुराँस लाइफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई ७.८३ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षकाे नाफाबाट  ७.४४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हाे ।

१८) नेसनल लाइफ इन्स्योरेन्स

नेसनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षकाे नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

२०) एसियन लाइफ इन्स्योरेन्स

एसियन लाइफ इन्स्योरेन्सले  गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षकाे नाफाबाट १४.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

२१) प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षकाे नाफाबाट १३ प्रतिशत बोनस कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

२२) नेपाल इन्स्योरेन्स

नेपाल इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ८ र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

२३) हाथवे इन्भेष्टमेन्ट कम्पनी

हाथवे इन्भेष्टमेन्ट कम्पनीले पनि लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारणसभाले परित गरेपनि लगानीकर्ताले पाउनेछन् ।

२४ वटा म्युचुअल फण्डकाे लाभांश घोषणा

अहिलेसम्म २४ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा बढी एनआईसी एसिया क्यापिटलको रहेको छ । क्यापिटलले ५५ प्रतिशत लाभांश दिने छ ।

जसमा सनराइज क्यापिटल फण्ड अन्तर्गतको सनराइज फस्ट म्युचुअल फण्डले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट करसहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सानिमा इक्विटी फण्डले इकाईधनीलाई २२ प्रतिशत लाभांश घोषणा गरेको छ भने सानिमा क्यापिटलले १५.७८ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ५ प्रतिशत, एनआईसी एसिया क्यापिटलले ५५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ५ प्रतिशत लाभांश दिने भएको छ ।

यस्तै एनएमबी हाईब्रिड फण्ड एल-१ ले २१.०५ प्रतिशत, एनएमबी-५० ले २१.०५, सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले १० प्रतिशत, कुमारी क्यापिटलले ५ प्रतिशत, एनआईबीएल प्रगति फण्डले ४.२ प्रतिशत र एनआईबीएल सहभागिता फण्डले ७.२ प्रतिशत लाभांश दिने भएका छन् ।

यस्तै सिद्धार्थ क्यापिटलले २५, आरबीबी मर्चेन्ट बैंकिङ ७.५, सिद्धार्थ सहभागीता फण्ड ७.२, बिओके क्यापिटल मार्केट ५.७९, एनएमबी क्यापिटल २१.०५, नबिल इक्विटी ५, नबिल ब्यालेन्स फण्ड-२ को ७, सनराइज क्यापिटल २५, एनआईबीएल एस क्यापिटल २०, एनआईसी एशिया नाइनामिक डेफ्त फण्ड ६, एनआईसी एशिया ग्रोथ फण्ड १३ र एनआईसी एशिया ब्यालेन्स फण्डले १३ प्रतिशत लाभांश दिने भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १३:४६