९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

यी २ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ कार्तिक, काठमाडाैं । नेप्सेमा सुचिकृत २ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज कार्तिक १७ गते बिहीबार अन्तिम दिन रहेको छ ।  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र अरुण काबेलीका आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने छन् ।

लाभांश र सभा प्रयोजनका लागि यी कम्पनीले भोली कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ त्यसैले आज कार्तिक १७ गतसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

नेपाल लाईफ इन्स्योरेन्सको २२ औँ वार्षिक साधारण सभा मंसिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अरुण काबेलीले लाभांश पारित गर्न कार्तिक ३० गते साधारण सभा बाेलाएकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनश सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार ०९:२५