७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैनः गृहमन्त्री खाँण

१६ कार्तिक, काठमाडाैं ।  गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताएका छन् । बुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक र दललाई भए पनि निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताएका हुन्।

वर्तमान व्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दललाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको उनले बताए ।

सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने उनको भनाई छ । गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैका सहयोगमा शान्तिपूर्ण हुने बताए ।

उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको जनाउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे ।

नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्ने कार्यमा सुरक्षा निकायले २४ सै घण्टा खटेर महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई धन्यवाद दिए ।

प्रकाशित मिति : November 2, 2022 at 3:02 pm