२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुन्छः अध्यक्ष ओली

१६ कार्तिक, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौं क्षेत्र नंवर १ निर्वाचन परिचालन कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई अघि बढाउन एमाले सुदृढ राष्ट्रिय एकल शक्तिको रुपमा आउनै पर्ने भन्दै त्यसो हुन नसके मुलुकमा दुर्भाग्य हुने बताएका हुन् ।

परमादेश लिएर किर्ते ढंगले सरकार बनाएकाहरुले पुन सरकार बनाए मुलुक अप्ठेरोमा जाने उनको भनाई छ । ओलीले परमादेशी सरकार बनाएदेखि नै अदालत बेहाल अवस्थामा रहेको जिकिर गरे । उनले आगामी निर्वाचन महासंग्राम भएको भन्दै प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने बताए ।

गठबन्धनसंग देश बिकासको कुनै लक्ष्य र उदेश्य नै नभएको उनको भनाई छ । उहाले अहिले पनि गठबन्धनमा रहेका केहि दलहरु निर्वाचनपछि सरकारमा जान च्याखे थापेर बसेको बताए । ओलीले यसअघिको एमाले सरकारले मुलुकमा असाधारण बिकास गरेको दावी गरे ।

ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको समेत बताए । उनले अहिले पनि बिरोधीहरु एमाले सरकारले बनाएको धरहरा देखेर तर्सिने गरेको तर्क गरे ।

त्यस्तै एमाले अध्यक्ष ओलीले सवै दल र नेताहरुलाई एकै जस्तो गरेर भष्टचारी, बिकास बिरोधी भनेर प्रचार हुने गरेको भन्दै आपत्ती जनाए । मुलुकका जनताहरु सचेत रहेकाले मुलुकको हितमा काम गर्ने पार्टी एमालेलाई बिजयी गराउने उनको भनाई छ ।

प्रकाशित मिति : 14:23