१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

एनआईसी एसिया ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको इकाइमूल्य समायोजन

१५ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत ‘एनआईसी एसिया ग्रोथ फन्ड’ र ‘एनआईसी एसिया ब्यालेन्सड् फन्ड’को इकाइमूल्य समायोजन भएको छ। गत आर्थिक वर्षको प्रतिफलका लागि नेप्सेमा यी दुवै योजनाको इकाइमूल्य समायोजन भएकाे हाे ।

प्रतिफल वितरण प्रयोजनार्थ यी फण्डहरुले बुकक्लोज गरेसँगै नेप्सेले इकाईमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यी दुबै फण्डहरुको १३ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य ८ रुपैयाँ ७८ पैसा कामय भएको छ भने एनआईसी ग्रोथ फण्डको इकाईमूल्य ९ रुपैयाँ २५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार नेप्सेमा एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई १० रुपैयाँ ८ पैसा र एनआईसी ग्रोथ फण्डको १० रुपैयाँ ५५ पैसामा अन्तिम कारोबार भएको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १०:५०