प्रचण्ड र माधव नेपालसँग अब कहिल्यै सहकार्य हुन सक्दैनः अध्यक्ष ओली
१५ कर्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग अब सहकार्य सम्भव नभएको बताएका छन ।
चुनावपछि प्रचण्ड र नेपालसँग सहकार्य गरेर सरकार बनाउने कोशिश पनि हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन । उनले आफूले माया गरेर साथ दिएका प्रचण्ड र नेपालले छुरी धसेको बताए ।
ओलीले माओवादीले यो चुनावमा कांग्रेसले बोकिदिएका कारण १५ सिटजति चुनाव जित्न सक्ने बताए । उनले एमालेले भने प्रत्यक्षतर्फ र समानुपतिकतर्फ गरेर १५० सिट ल्याउने बताए । उनले वर्तमान पाँच दलीय गठबन्धन मंसिर ४ को मतदानसँगै समाप्त हुने बताए ।
प्रकाशित मिति : November 1, 2022 at 9:05 am









