२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

माओवादी केन्द्रको घोषणापत्रः दुई अंकको आर्थिक बृद्धि हाँसिल हुने आधार निर्माण (पूर्णपाठसहित)

१४ कार्तिक, काठमाडाैं ।  नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकासलाई प्रकृतिमैत्री बनाउने, दुई अंकको आर्थिक बृद्धि हाँसिल हुने आधार निर्माण गर्ने, पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादन एकाइहरुको नेतृत्व गर्न परिचालन गर्ने बताए ।

उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए । पार्टीले आगामी ५ वर्षमा आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा प्रमुख जोड दिने भएको छ ।

प्रकाशित मिति : October 31, 2022 at 4:34 pm