१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १२ वर्ष कैद सजाय माग

१४ कार्तिक, काठमाडाैं । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो ।

काठमाडाैं जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा लामिछालाई मुलुकी अपराध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कैद सजाय माग गरिएकाे जिल्ला सरकारी वकिलको कार्यालयले जनाएकाे छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १४:४६