१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सन्दीप लामिछानेविरूद्ध आज मुद्दा दर्ता गर्ने तयारी

१४ कार्तिक। काठमाडाैं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडाैंमा मुद्दा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

लामिछानेविरूद्ध १७ वर्षकी किशोरीलाई बलात्कार गरेकाे अभियोग लगाएपछि अनुसन्धानका लागि उनलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ११:५५