१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

दीपकराज जोशीको अादेशले रिहा भएका पत्रकार बस्नेत फेरि पक्राउ परे

२९ भदाै, काठमाडाैँ ।  सर्वोच्च अदालतको रिहा गर्ने आदेश लगत्तै खोजतलास दैनिकका सम्पादक एवं प्रकाशक राजु बस्नेतलाई  प्रहरीले पुन पक्राउ गरेको छ। न्यायाधीश दिपकराज जोशीको एकल इजलाशले शुक्रबार बस्नेतलाई थुनामा नराख्न आदेश गरेको थियो। तर अदालतको आदेश लगत्तै रिहा भएका बस्नेतलाई प्रहरीले सर्बोच्च परिसर बाहिर पक्राउ गर्यो ।

प्रहरीले थप अनुसन्धान र मेडिकल टेष्टका लागि भन्दै उनललाई पक्राउ गरेको जनाएको छ । केही दिन पहिले बस्नेतले ललितपुरको एक सार्वजनिक जग्गा नेकपाका सांसदहरु पम्फा भुसाल र राजकाजी मर्हजनले दलाली गरेको भन्दै दृष्टिको समाचार सारेका थिए ।

प्रकाशित मिति : 17:44