७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

एमाले नुवाकोटका नेता धनवबहादुर तामाङको निधन

१४ कार्तिक, नुवाकोट । नेकपा एमाले नुवाकोटका एक जना पुराना नेता धनबहादुर तामाङको निधन भएको छ । ६० वर्षको उमेरमा तामाङको सोमबार बिहान निधन भएको नेकप एमाले नुवाकोटका जिल्ला कमिटी सदस्य नवराज तिवारीले जानकारी दिए ।

तामाङ हेपटाइटिस बीका कारण अस्वस्थ रहेका थिए । बेलकोटगढी ११ स्थायी घर भएका तामाङ त्यसक्षेत्रको एमालेको संगठकका रूपमा परिचित रहेका थिए । उनी पछिल्लो समय पार्टी नगरकमिटीमा रहेर क्रियाशिल रहेका थिए । पदको लोभ नगर्ने तामाङ पार्टीको तल्लो कमिटीमै रहेर काम गर्न रूचाउने नेता थिए । उनी तत्कालीन बेलकोट गाविसको वडा नम्बर ६ मा एमालेका तर्फबाट निर्वाचित वडा सदस्य समेत हुन ।

प्रकाशित मिति : October 31, 2022 at 9:28 am