२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

रवि लामिछानेको पार्टी भ्रम रहेछ भन्दै लुम्बिनी संयोजक ज्ञवाली एमालेमा प्रवेश

१४ कार्तिक, काठमाडाैँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी अध्यक्ष सुजन ज्ञवाली पार्टी परित्याग गरी नेकपा एमालेमै फर्किएका छन । ज्ञवालीले स्वतन्त्र पार्टी छाडेर आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किएको घोषणा गरेका हुन ।

ज्ञवालीले यसअघि नेकपा एमाले र अनेरास्ववियूको विभिन्न जिम्मेवारीमा काम गरेका थिए । साढे दुई महिना अघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । आइतबार विज्ञप्ति जारी गर्दै उनले एउटा भ्रामक मौसमी हावाको झोक्काले आफूलाई छोएको र अहिले शान्त भएको बताएका छन ।

‘पार्टीको केन्द्रीय नेतृत्वलाई पनि निकट रहेर नियालेँ र बुझेँ, मात्रै त्यो भ्रम रहेछ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘अब त्यस्ता भ्रमको खेती गर्नेहरूबाट पार्टीको नाम सिवाय अरू थप केही नहुने महसुस गरेँ ।’ ज्ञवालीले यथार्थमा जनताको पक्षमा लड्ने र राष्ट्रियताको पक्षमा अड्ने पार्टी एमाले नै रहेको बुझाइ प्रस्तुत गर्दै यही पार्टीमा क्रियाशील हुने बताएका छन् ।

प्रकाशित मिति : 09:12