भ्रमको पछि नलाग्न एमाले सचिव योगेश भट्टराईको आग्रह (विज्ञप्तिसहित)
१४ कार्तिक, ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभाका उमेरद्धार योगेश भट्टराईले आफूबिरुद्ध भ्रामक सुचना प्रवाह नर्गन आग्रह गरेका छन । शुक्रबार एक विज्ञप्ति जारी गर्दै भट्टराईले आफूबिरुद्ध प्रचार गरिएका भ्रामक सूचनाहरुको पछि नलाग्न जिल्लावासी नागरिकलाई आग्रह गरेका हुन ।
ताप्लेजुङ सामाजिक, सांस्कृतिक एवं धार्मीक सहिष्णुताले भरिपूर्ण जिल्ला रहेको र आफू प्रतिनिधिसभा सदस्य र केहि समय मन्त्री समेत रहँदा ताप्लेजुङका लागि माङ्हिम तथा माङ्गेना यकहरूको निर्माण, लिम्बु संग्राहालयको विकास, गुम्वाहरूको पूर्वाधार विकास, बहुसांस्कृतिक संग्रहलयको निर्माण, निसान छापको संरक्षण, भिन्तुना भवनको निर्माण, लगायतकका समाजिक र सांस्कृतिक पहिचानका लागि सक्दो रकम व्यवस्थापन गरेकोकुरा सबैसामु प्रष्ट रहेको भन्दै भट्टराईले भ्रामक सूचना जनतामाझ नर्छन विज्ञप्ति मार्फत आग्रह गरेका छन ।
भट्टराईद्धारा जारी विज्ञप्तीमा सुकेटार विमानस्थलको सम्वन्धमा आफूले २०७८ जेष्ट १५ गतेनै सामाजिक सञ्जाल फेसवुकमा आफ्नो धारणा सार्वजनिक गरी असन्तुष्टि जनाएको उल्लेख गरेका छन । तिम्वूङ पोखरी तिम्वूङ पोखरीनै हुने र त्यो विष्णु पोखरी हुन नसक्ने उनको दावी रहेको छ । पाथीभराको विषयमा खोज अनुसन्धान र तथ्यहरुको विष्लेषणवाट त्यसको टुंगो लगाउन उपयुक्त हुने उनको राय छ ।
‘कुनैपनि सास्कृतिक स्थलहरु आप्नै ऐतिहारिकता र विशिष्टतावाट परिचित हुन्छन,’ भट्टराई द्धारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘कसैले पाथीभरा त कसैले मुक्कुमलुङका रुपमा सम्मान गछर्न, पाथीभरा वा मुक्कुमलुङ जुन रुपमा भएपनि त्यसको ऐतिहारिकता सास्कृतिक महत्व र गरिमामा आँच आउन नदिनु समस्त ताप्लेजुङवासिको साझा कर्तब्य हो ।
तमोर करिडोर,मेचि राजमार्गको सुकेटार -गडि- थिवा सडक लगायत अन्य धेरै पुर्वाधार विकासको सुरुवात सङसंगै जातिय,धार्मीक र सामाजिक क्षेत्रको समग्र विकासमा आफुले काम थालनि गरेको र आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महागुरुलाई राष्ट्रिय विभुती घोषणा गरी सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारि गराउदै कसैको भ्रामक सुचनाको पछि नपरी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेस सभा निर्वाचनमा नेकपा एकालेका उमेद्धारहरुलाइ विजयी गराउन आग्रह समेत गरिएको छ ।

प्रकाशित मिति : 08:23









