७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

प्रधानमन्त्री पत्नी देउवाद्वारा जनकपुरधाममा छठ पूजा

१३ कात्तिक, जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले हिन्दूहरूको महान् चाड छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेकी छिन् ।

जनकपुरधामस्थित गङ्गासागर पोखरीमा आयोजित छठ पूजा कार्यक्रममा देउवाले आज दिउँसो ४ बजे अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेकी हुन्। सो अवसरमा उहाँले छठ पूजासमेत गरीन् । जनकपुरधामलाई छठ पर्वका लागि प्रसिद्ध धार्मिकस्थल मानिन्छ ।

देउवाले सोमबार बिहान पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहगाउँ नगराइनस्थित पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्यदान गर्ने कार्यक्रम रहेको उनकाे प्रेस संयोजक आशा थपलियाले जानकारी दिइन्।

उनले भोलि नै धनुषाको नगराइन नगरपालिकाअन्तर्गतको नेपाल–भारत सीमा जटहीस्थित सीमा नाका पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको प्रेस संयोजक थपलियाले बताउनुभयो ।

प्रकाशित मिति : October 30, 2022 at 6:40 pm