गोर्खाज फाइनान्सको नाफा १०१.०५ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ?
१३ कार्तिक, काठमाडाैँ । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले सार्वजनिक गरेको गरेकाे विवरण अनुसार कम्पनीकाे नाफा बढेकाे छ । चालु आर्थिक वर्षको पहिलाे त्रैमाससम्म फाइनान्सले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ ।
उक्त नाफा रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.०५ प्रतिशतले बढी हाे । गत वर्षको साेही अवधिमा फाइनान्सले १ करोड ६५ लाख ७० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म फाइनान्सकाे संचालन मुनाफा ७६. १९ प्रतिशतले बढेर ४ कराेड ८५ लाख ९४ हजार रूपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षकाे साेही अवधिमा फाइनान्सले २ कराेड ७५ लाख ८० हजार रूपैयाँ संचालन मुनाफा कमाएकाे थियाे ।

पहिलो त्रैमाससम्ममा फाइनान्सकाे खुद व्याज आम्दानी ३१७४.४९ प्रतिशतले बढेकाे छ । गत वर्ष २४ लाख ७७ हजार रूपैयाँ रहेकाे फाइनान्सकाे खुद व्याज आम्दानी अहिले बढेर ८ कराेड ११ लाख ९ हजार रूपैयाँ पुगेकाे छ ।
फाइनान्सले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार फाइनान्सकाे वितरणयाेग्य मुनाफा ३२ लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सकाे वितरणयाेग्य मुनाफा १ कराेड ८७ लाख ६० हजार रूपैयाँ रहेकाे थियाे ।
पहिलाे त्रैमासमा फाइनान्सकाे इम्पेरिमेन्ट चार्ज घटेर २ कराेड ३ लाख ४३ हजार रूपैयाँमा पुगेकाे छ । फाइनान्सको इम्पेयरमेन्ट चार्ज गत वर्षको तुलनामा घटेको छ । जसले गर्दा नाफा बढ्नमा सहयोग पुगेको देखिन्छ ।
फाइनान्सकाे खराब कर्जा १.९५ प्रतिशतले घटेर ७.४२ प्रतिशत पुगेकाे छ । गोर्खाजको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ । जगेडा कोषमा ७२ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको छ ।
समिक्षा अवधिसम्म फाइनान्सकाे प्रतिसेयर आम्दानी (ईपीएस) ७ रूपैयाँ ६४ पैसाबाट बढेर १५ रूपैयाँ ३५ पैसा पुगेकाे छ । फाइनान्सकाे ईपीएस ७ रूपैयाँ ७१ पैसाले बढेकाे हाे । फाइनान्सकाे प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६७ पैसा रहेकाे छ ।
प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार १४:१२












