१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

मनकामना जाँदै गरेकाे बस दुर्घटना, ५ जनाको मृत्यु, २४ घाइते

१३ कात्तिक, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका- १, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार- २, मथारमा भएको दुर्घटनामा २४ जना घाइते भएका छन् ।

ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल खसेकाे छ । दुर्घटनामा मृत्यु हुनेमा रम्भा गाउँपालिका- १ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका- ९ की ४५ वर्षीय फुलमाया विक रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ३ बजेको समयमा कालीगण्डकी करिडोरअन्तर्गत सडकमा बस दुर्घटनामा परेको हो । हुँगीबाट राति ९ बजे मनकामना दर्शनका लागि हिँडेका थिए ।

दुर्घटनाग्रस्त बस भीरमा अड्किएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । दुर्घटनाका घाइतेहरुलाई स्थानीय र प्रहरीले उद्धार गरी चितवन ल्याउने काम भइरहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार ०७:५५