२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

ओलीको उद्घोषः माधव नेपालको समाजवादी राष्ट्रिय पार्टी बन्न सक्दैन

११ कार्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न नसक्ने बताएका छन । झापामा भएको कार्यक्रमा सम्बोधन गर्ने क्रममा शुक्रबार ओलीले समाजवादी राष्ट्रिय पार्टी बन्न नसक्ने बताए ।

ओलीले भने, ‘यस पटकको हकमा माओवादी पनि राष्ट्रिय पार्टी रहन्छ, माधव नेपालले खोलेको छ एउटा पार्टी, त्यसको कन्तबिजोक हुन्छ, राष्ट्रिय पार्टी हुँदैन ।’ उनले यस पटक राप्रपा एमालेसँग दह्रोसँग लागेकोले राप्रपा राष्ट्रिय पार्टी हुने तर्क गर्दै निर्वाचनमा एमालेको एकलै बहुमत आउने भए पनि राप्रपा र जसपालाई साथमा लिएर सरकार बनाउने बताए ।

प्रकाशित मिति : 19:44