१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

बाराही हाइड्रोपावरकाे आइपीओमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

८ कार्तिक, काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकको आइपीओमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

स्थानियले कम्पनीको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।कम्पनीको आईपीओ छिटोमा कात्तिक १८ गते र साे अविधमा आवेदन नपरेमा ढिलोमा मंसिर ४ गतेसम्म भर्न सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालय साथै नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १२:४०