७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नेपाल एसबिआई बैंकको नाफा ६८.२३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

८ कार्तिक, काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।

समीक्षा अवधिमा बैंकको खुद नाफा बढेर ६२ करोड ७३ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५३.५४ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३९.८१ प्रतिशतले बढेकाे छ भने  संचालन मुनाफा ६७.९६ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ रहेको छ।  चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ७.३४ प्रतिशत, निक्षेप ६.४४ प्रतिशत र कर्जा ६.५८ प्रतिशत बढेको छ। नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ ८३ पैसा बढेर २५ रुपैयाँ ५४ पैसा पुगेको छ।

प्रकाशित मिति : October 25, 2022 at 12:30 pm