२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

माओवादी नेता गोविन्दबहादुर भण्डारी पनि एमालेमा, मोरङ ३ मा गठबन्धनलाई धक्का

८ कार्तिक, मोरङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं मोरङ क्षेत्र नम्बर-३ का उम्मेदवार भानुभक्त ढकालले चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनले आफ्नो अभियानमा कार्यकर्ताहरुलाई जोड्दै अन्य पार्टीबाट नेता कार्यकर्ता पनि भित्र्याउन थालेका छन् ।

सोमबार मोरङ पथरीशनिश्चरेका पूर्व वडा अध्यक्ष एवं माओवादी केन्द्रका नेता गोविन्दबहादुर भण्डारीलाई नेकपा एमालेमा प्रवेश गराएका छन् । नेकपा माओवादीले सो क्षेत्रबाट प्रदेश र संघ दुवैमा उम्मेदवारी पाएको छैन् ।

स्थानीय स्तरमा लोकप्रिय भण्डारीको प्रवेशले माओवादीलाई ठुलो धक्का लागेको छ । भण्डारीसँगै भगवत पासवान, गोपाल ठटाल, कमल आचार्य, दिपक लोहार लगायतका माओवादी नेता पनि एमालेमा प्रवेश गरेका छन् ।

ढकाल अहिले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रमहरुमा तीव्र रुपमा आफ्ना गतिविधिलाई अगाडी बढाएका छन् । त्यस क्षेत्रका गठबन्धनका उम्मेदवारले उपचारको वहानामा भोट बार्गेनिङ गर्दै आफ्नो प्रचार गर्दै आएको अवस्थामा ढकालले भने त्यस क्षेत्रको विकास र समृद्धिको नारालाई अघि बढाएका छन् ।

अघिल्लो पटक आफू निर्वाचित भएपछि गरेका कामहरुको फेहरिस्त लिएर उनी जनताको दैलोमा पुगेका छन् ।

प्रकाशित मिति : 09:03