२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

पाठशालाको आयोजनमा भेट्रान कप फुटबल हुँदै


८ कार्तिक, एडिलेड । नेपाली पाठशाला एडिलेडको आयोजनामा दोस्रो पटक ५ नोभेम्वरमा `पाठशाला भेट्रान कप फुटबल २०२२´ हुने भएको छ ।

प्रतियोगिताका व्यवस्थापक राजिप बस्नेतका अनुसार प्रतियोगितामा एडिलेड खुकुरी क्लव, ब्रदर्शस युनाइटेड कलव, पाठशाला लगायत छ टिमको सहभागिता हुने भएका छन् । वालवालिकाहरुको टिमको विच समेत खेल हुने छ ।

प्रथम हुने टिमलाई अष्ट्रेलियन डलर पाच सय र दोस्रो हुने टिमलाई अष्ट्रेलियन डलर तिन सय सहित दुवै टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । भने खेलमा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जनाईएको छ ।

स्थानीय बुरागाहा रिजर्व मोडवरी नर्थमा रहेको खेलमैदानमा हुने खेलमा सहभागी तथा दर्शकका रुपमा सहभागी हुन एडिलेडमा रहेका नेपाली समुदायलाइ आयोजकका तर्फबाट पाठशालाका अध्यक्ष अंकुर उपाध्यायले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार ०८:३८

https://srdb.com.np/