तिहारको बिदामा पनि बैंकहरू खुल्ने, कुनले कहाँबाट दिँदैछन् सेवा ?
७ कार्तिक, काठमाडौं । वाणिज्य बैंकहरुले तिहारको बिदाकाे समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएका छन् । सबै वाणिज्य बैंकहरुले सूचना निकालेर तिहारको बिदामा पनि सेवा दिने जनाएका हुन् ।
बैंकहरुले आज लक्ष्मी पुजाको दिनदेखि १० गते भाई टिकाको दिन र १२ गते शनिबार तथा १३ गते छठ पर्वको दिनमा पनि सेवा दिने भएका हुन् । बैंकहरुले काठमाडौं उपत्यकासहित देशै भरका विभिन्न शाखाबाट छुट्टा छुट्टै दिन सेवा दिने भएका छन् ।























प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार १५:४६












