२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

ओलीसँग बालुवाटारमा भेट्ने सुशीलको रहर, ओलीले दिए यस्तो जवाफ

७ कार्तिक, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग गरेको टेलिफोन संवादको भिडिओ उनको सचिवालयले क्रमश: सार्वजनिक गरिरहेको छ। ओलीसँगको टेलिफोन संवाद गर्न चाहने दुई लाखभन्दा धेरैमध्ये केहीसँग गरेका कुराकानीको भिडिओ ओलीको सचिवालयले सार्वजनिक गरिरहेको छ ।

पछिल्लो पटक एकजना सर्वसाधारण सुशील गौतमसँग भएको टेलिफोन संवाद सार्वजनिक गरिएको छ। टेलिफोन संवादका क्रममा गौतमले ओलीसँग भेट्न चाहेका छन् । ओली सोध्छन, ‘तपाईंलाई कहाँ भेट्न सकिन्छ ? ओली भन्छन, ‘केन्द्रीय कार्यालयमा आउनु भएहुन्छ, बालकोटमा आउनु भए पनि भेट हुन्छ।’

त्यसपछि सुशीले फेरि सोध्छन, ‘बालुवाटारमा आउँदा भेट्न सकिएला ?’ ओली जवाफमा भन्छन, ‘बालुवाटारमा चाहिं अलिक पछि (मंसिर ४ पछि), आए हुन्छ।’ ‌ओलीले यसअघि सामाजिक सञ्जालमार्फत आफूसँग कुरा गर्न चाहनेलाई आह्वान गरेका थिए । मंसिर ४ को चुनावलाई लक्षित गरी अरु दलभन्दा फरक प्रचार रणनीतिसहित उनले सर्वसाधारणसँग संवाद गरिरहेका छन् ।

 

प्रकाशित मिति : 15:04