९ बीमा कम्पनीले सार्वजनिक गरे बोनसदर, कुनको कति ?
७ कार्तिक, काठमाडाैं । हालसम्म संचालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात यी कम्पनीहरूले बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका हुन् ।
१) सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले बीमितलाई आर्थिक वर्ष २०७७/७८ मा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर दिने भएको छ ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा बोनस दर बढाएको छ । आर्थिक बर्ष २०७६/०७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३८ रूपैयाँ र अधिकतम ७२ रूपैयाँ बोनसदर कायम गरेको थियो ।
२) ज्योति लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई आर्थिक बर्ष २०७७/०७८ मा प्रतिहजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर दिने भएको छ । ज्योति लाइफले सार्वजनिक गरेको बोनसदर अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७/।७७ मा बीमितलाई न्यूनतम प्रतिहजार ४३ रूपैयाँ र अधिकतममा ७५ रूपैयाँ बोनसदर दिएको थियो ।
३) एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्सले बीमितलाई आर्थिक वर्ष २०७७/७८ मा प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनसदर दिने भएको छ । कम्पनीले सार्वजनिक गरेको बोनसदर अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बोनसदर बढाएको छ ।
कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म दिने भएको छ । कम्पनीले अघिल्लो वर्ष बीमितलाई न्यूनतम ३२ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस दिएको थियो ।
४) मेट लाइफ इन्स्योरेन्स
मेट लाइफ इन्स्योरेन्सले बीमितलाई आर्थिक वर्ष २०७७/०७८ मा प्रतिहजार न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर कायम गरेको छ । मेट लाइफले अघिल्लो आवको तुलनामा बोनसदरलाई स्थिर राख्न सफल भएको हो । आर्थिक बर्ष २०७६/७७ मा मेट लाइफले प्रतिहजार न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँ बोनसदर कायम गरेको थियो ।
५) नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मा प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले २०७८ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरूमा कायम हुने गरी बोनसदर निर्धारण गरेको हो ।
इन्स्योरेन्सले आर्थिक बर्ष २०७६/०७७ मा पनि प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँ बोनसदर दिएको थियो ।
६) नेशनल लाइफ इन्स्योरेन्स
नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ का बीमितलाई बीमाअवधिअनुसार प्रतिहजार न्यूनतम ६३ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।
यस इन्स्योरेन्सले पनि आर्थिक बर्ष २०७६/७७ को तुलनामा बीमितलाइ दिने बोनसदर स्थिर राख्न सफल भएको हो । नेशनलले आर्थिक बर्ष २०७६/०७७ मा बीमितलाई प्रतिहजार न्यूनतम ६३ रूपैयाँ र अधिकतम ८५ रूपैयाँ नै बोनसदर दिएको थियो ।
७) आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ मा बीमितलाई प्रतिहजार न्यूनतम २० रूपैयाँ र अधिकतम ७० रूपैयाँसम्म बोनसदर दिने भएको छ । इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा बीमितलाई दिने बोनसदर स्थिर राख्न सफल भएको हो ।
आर्थिक बर्ष २०७६/७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम २० रूपैयाँ र अधिकतम ७० रूपैयाँ बोनसदर दिएको थियो ।
८) प्राइम लाइफ इन्स्योरेन्स
प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूअन्तर्गत आव २०७७/७८ का लागि प्रतिहजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर दिने भएको हो ।
आव २०७६र७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३२ रूपैयाँ र अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेको थियो ।
९) सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ का लागि बीमितलाई न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर दिने भएको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७६ को तुलनामा दिने बोनसदर स्थिर रहेको हो ।
कम्पनीहरूका अनुसार बीमा अवधि तथा योजना अनुसार कायम बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुने छ ।
साथै, उल्लेखित बोनसदर अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बमोजिम बीमा समितिबाट अर्को व्यवस्था गन स्वीकृत नभएसम्मका लागि यही बोनसदर कामय हुने कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार १३:१९