एनआईसी एशिया बैंकको नाफामा वृद्धि, आरओइ र इपीएस कति ?
७ कार्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले प्रकाशित गरेको पहिलो त्रैमास अनुसार अधिकांश मुख्य सूचकमा छलाङ मार्दै बैंक अगाडि बढेकाे छ ।
बैंकले यस त्रैमाससम्ममा खुद मुनाफातर्फ १.७५ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतले बढी हो ।
बैंकले चालू आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७३.१० अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.१८ अर्ब रुपैयाँ रहेको छ । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ ।
साथै, यस बैंकले वार्षिक प्रति सेयर आम्दानी ५९.६२ रुपैयाँ आर्जन गरेको छ । स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंककाे रहेकाे छ ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रैमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ । समीक्षा अवधिमा मात्रै बैंकले २ लाखभन्दा बढी नयाँ ग्राहक थपिएको दाबी गरेको छ । योसँगै अब बैंकको कुल ग्राहक संख्या ३४ लाखभन्दा बढी पुगेको छ ।
यो अवधिसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार ११:०६












