५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

७ कार्तिक, काठमाडाैं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले सार्वजनिक गरेकाे विवरणा अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा खूद मुनाफा  बढेको छ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार याे अवधिमा बैंककाे खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । गत वर्षकाे साेही अवधिमा बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । संचालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

याे अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २४२.२८ प्रतिशतले बढेको छ । याे अवधिमा खूद मुनाफा बढे पनि बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) भने घटेको छ ।

याे अवधिमा बैंककाे प्रतिसेयर आम्दानी ५ रुपैयाँ १ पैसाले घटेर २७ रुपैयाँ ०१ पैसामा पुगेकाे छ । गत वर्षकाे साेही अवधिमा बैंककाे प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको थियो । बैंककाे प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ २८ पैसा रहेकाे छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार १०:०५