२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

के माधव नेपाल ‘नीच’ नै हुन ? निर्वाचन आयोगलाई यसरी ढाँटे

७ कार्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्ययक्ष माधवकुमार नेपालले आफूले आफैँलाई नीच पात्र बनाएका छन । केहीदिनअघि रौतहटमा मत माग्नेक्रममा तत्लोस्तरमा ओर्लिएर फ्रि भिसा फ्रि टिकटको भाषण गरेका नेपालले निर्वाचन आयोगले सोधेको स्पष्टिकरणको जवाफ दिँदै आफूले त्यस्तो भाषण नगरेको बताएका छन ।

उनले आयोगलाई  दिएको स्पष्टिकरणमा आफूले त्यस्तो नबोलेको बताएका हुन । निर्वाचन आयोगले सोधेको २४ घण्टे स्पष्टीकरणको लिखित जवाफ दिँदै उनले आफूले ुबिना ढेउवा के विदेश जान पाइन्छु बोल्ने व्यक्ति आफू नभएको र त्यस्तो नीच काम आफूबाट हुन नसक्ने बताएका छन ।

आयोगले उनीसँग स्पष्टीकरण सोधेकै दिन कारवाहीका लागि भन्दै रौतहट प्रहरीलाई पत्र काटेपछि त्यस्तो ‘बिना ढेउवा के विदेश जान पाइन्छ’ बोल्ने व्यक्ति आफू नभएको त्यस्तो बोल्ने व्यक्ति नीच भएको उनलै आयोगलाई जवाफ दिएका छन । उनले त्यस्तै तल्लोस्तरको काम गर्ने मान्छे आफू नभएको बताउँदै त्यस प्रकारको अभिवक्ति आफ्नो नभएको बताएका छन ।

नेपालले रौतहट क्षेत्र नम्बर १ मा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा आफूलाई भोट दिए ‘बिना पैसा फ्री टिकट र फ्री भिसा’मा युवालाई विदेश पठाइदिने घोषणा गरेका थिए । अध्यक्ष नेपालले त्यसरी विदेश जान तयार युवालाई काठमाडौंमा सित्तैमा तालिम दिने पनि बताएका थिए ।

नेपालले स्पष्टिकरण पत्रमा उल्लेख गरेका छन, ‘निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार, मतदाता, निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन। कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन काम गरेको छैन । पत्रमा भनिए जस्तो अभिव्यक्ति मैले दिएको छैन ।’

प्रकाशित मिति : 09:42